२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस सभापति देउवा शनिबार फर्कने


0
Shares

                                                            फाइल फोटो

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार (भोलि) स्वदेश फर्कने भएका छन् ।

पूर्वप्रधानमन्त्री देउवा शनिबार थाइ एअरलाइन्सको उडानबाट अपराह्न १२.३० बजे फर्कने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पेटको पाचनसम्बन्धी समस्याबाट पीडित उनी स्वास्थ्योपचारका सिलसिलामा यही भदौ १० गते सिंगापुर गएका थिए । रासस