
काठमाडौंं, भदौ १७ । स्थानीय तहको संख्या र सीमा निर्धारण आयोगले ५ सय ६५ गाउँपालिका र नगरपालिका बनाउने प्रस्ताव गरेपनि मुख्य दलहरुबीच सहमति जुट्न सकेको छैन ।
शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले आयोगले प्रस्ताव गरेअनुरुपको संख्याले नपुग्ने जिकिर गरे ।
स्थानीय तहको संख्या एक हजारसम्म बढाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएपछि स्थानीय तहबारे निर्णय हुने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्