‘सत्ताधारी मधेसी मोर्चाले संविधान दिवसलाई कालोदिन भन्नु आश्चर्यजनक’ • Image Khabar Image Khabar


‘सत्ताधारी मधेसी मोर्चाले संविधान दिवसलाई कालोदिन भन्नु आश्चर्यजनक’


Imagekhabar
१७ भाद्र २०७३, शुक्रबार २३:५७

‘सत्ताधारी मधेसी मोर्चाले संविधान दिवसलाई कालोदिन भन्नु आश्चर्यजनक’

काठमाडौं, भदौ १७ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान जारी भएको दिन असोज ३ गतेलाई सत्तापक्षले नै कालोदिनकोरुपमा मनाउन लागेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले यसको जवाफ दिनुपर्ने माग गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ‘सत्ताधारी बनेको मधेसी मोर्चाले संविधान दिवसलाई कालोदिन भन्नु आश्चर्यजनक हो’–भने ।

चैतमा चुनाव पनि गर्ने र त्यहीबेला नयाँ सरकार पनि बनाउने सत्ताधारी दलहरुको कुरा विरोधाभाषपूर्ण रहेको रावलको भनाइ थियो ।

कार्यक्रममा एमाले युवा फाँटका प्रमुख महेन्द्र पाण्डेलाई स्वागत् र निवर्तमान प्रमुख शेरधन राइलाई बिदाइ गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्