प्रतिनिधिसभाको चुनाव नहुँदासम्म वर्तमान सत्ता गठबन्धन कायमै : निधि • Image Khabar Image Khabar


प्रतिनिधिसभाको चुनाव नहुँदासम्म वर्तमान सत्ता गठबन्धन कायमै : निधि


Imagekhabar
१९ भाद्र २०७३, आईतवार ००:५९

प्रतिनिधिसभाको चुनाव नहुँदासम्म वर्तमान सत्ता गठबन्धन कायमै : निधि

काठमाडौं, भदौ १८ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रतिनिधिसभाको निर्वाचन नहुँदासम्म वर्तमान सत्ता गठबन्धन नै कायम रहने दाबी गरेका छन् ।

शनिबार राजधानीमा सन्चारकर्मीसँगको छलफलमा उनले अहिलेको सत्ता गठबन्धनले नै स्थानीय र प्रादेशिक तह तथा प्रतिनिधिसभाको निर्वाचन गर्ने बताए ।

सरकारले मधेसी मोर्चाका धेरै माग पूरा गरिसकेको भन्दै उपप्रधानमन्त्री निधिले छिट्टै व्यवस्थापिका–संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्