काठमाडौं, चैत २८ । निर्वाचन आयोगले राजनीतिक दलका सबै समितिहरुमा कम्तिमा एक तिहाइ महिलाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गर्ने तयारी गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐनमा सबै राजनीतिक दलले उसका हरेक समितिमा अनिवार्यरुपमा एक तिहाइ महिला राख्नुपर्ने व्यवस्था गर्न लागेको हो । आयोगका कार्यबाहक प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार…