दोलखा–काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा उनले प्रदेशप्रमुख र अस्थायी मुकाम नतोक्नुले सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आशंका उत्पन्न भएको बताए । ‘सरकारले षडयन्त्रमूलक ढंगबाट निर्वाचन सार्न खोजेको छ’–उनले भने–‘होइन भने सरकारले यथाशीघ्र प्रदेशप्रमुख र अस्थायी राजधानी तोकोस् ।’ उनले सरकारले राष्ट्रियसभाको निर्वाचन समयमा नगराएर आफ्नो…