राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना • Image Khabar Image Khabar


राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


Imagekhabar
२९ पुष २०७४, शनिबार १७:०४

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी माघ २४ गते तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार आयोगले सातओटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।

आयोगले प्रदेशको उच्च अदालत रहेको स्थान जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको छ ।

निर्वाचन आयोगकाअनुसार प्रदेश नम्बर–१ को मोरङमा, प्रदेश–२ को धनुषामा, प्रदेश–३ को ललितपुरमा, प्रदेश–४ को कास्कीमा, प्रदेश–५ को दाङमा, प्रदेश–६ को सुर्खेतमा र प्रदेश–७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ

न्याय परिषद सचिवालयबाट प्राप्त नामावलीअनुसार सातजना जिल्ला न्यायाधीशलाई आयोगले यसअघि नै निर्वाचन अधिकृतमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्