९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


कांग्रेसलाई मुलुक हाँक्ने जिम्मा : सुजाता


0
Shares

काठमाडौं, चैत २६ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले जनताले मुलुक हाँक्ने जिम्मा नेपाली कांग्रेसलाई दिएको बताएकी छन् ।

नेपाल विद्यार्थी संघ, पद्यकन्या क्याम्पस स्ववियु सभापति स्वर्गीय लालकुमारी पोखरेलको १३औं पुन्यतिथिको कार्यक्रममा शुक्रबार उनले मुलुक निर्माणमा अब कांग्रेस अग्रसर हुनुपर्ने बताइन् ।

अर्का केन्द्रीय सदस्य एनपी सावदले पार्टी भित्रको भागबन्डाको राजनीति अन्त्य भएकाले कांग्रेस अब एक भएर अगाडि बढ्ने बताए ।

जनताले दिएको जिम्मेवारी पूरा गर्न कांग्रेस पछि हट्न नहुने भन्दै उनले कांग्रेसको नेतृत्वबाट मात्र मुलुकले निकास पाउने बताए ।

सानै उमेरदेखि राजनीतिमा सक्रिय पोखरेल क्षमता र विचारको राजनीतिमा दृढ रहेको पनि उनीहरुले बताए ।

पोखरेलको सवारी दुर्घटनामा परी निधन भएको थियो ।