Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


बंगलादेशमा गत जुनमा सडक दुर्घटनामा परी ५ सय १३ जनाको मृत्यु, १३ सय ३६ घाइते


13
Shares

एजेन्सी । बंगलादेशमा गत जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग दुर्घटनामा परी ५ सय १३ जनाको मृत्यु भएको छ ।

साेही दुर्घटनामा परी १ हजार ३ सय ३६ जना घाइते भएका हुन् । सार्वजनिक गरिएको प्रतिवेदन अनुसार, उक्त अवधिमा देशभर कूल ५ सय ९० वटा दुर्घटना भएका थिए । यात्रु कल्याण संस्था ‘बङ्गलादेश यात्री कल्याण समिति’का अनुसार जुन महिनामा भएका ५ सय ३२ वटा सडक दुर्घटनामा ४ सय ६३ जनाको मृत्यु र १ हजार ३ सय २३ जना घाइते भएका छन् ।

त्यस्तै, ५३ वटा रेल दुर्घटनामा ४५ जनाको मृत्यु र आठ जना घाइते भएका छन् । पाँच वटा जलमार्ग दुर्घटनामा पाँच जनाको मृत्यु र पाँच जना घाइते भएको प्रतिवेदनमा उल्लेख गरिएकाे हाे। संस्थाले सडक दुर्घटनाका प्रमुख नौ कारण पहिचान गरेको छ ।

जसमा मनसुनका कारण सडकमा खाल्डाखुल्डी बढ्नु, सडक पूर्वाधारको कमजोरी, डिभाइडर तथा सङ्केत चिह्नको अभाव, मर्मतसम्भार नभएका वा असुरक्षित सवारीसाधनको प्रयोग, लापरबाहीपूर्ण सवारी सञ्चालन तथा राजमार्गमा ब्याट्रीबाट चल्ने रिक्सा जस्ता अनाधिकृत सवारीसाधनको प्रयोग रहेका छन् ।

संस्थाले सडक सुरक्षाका लागि पूर्वाधार सुधार, सवारीसाधनको नियमित अनुगमन तथा यातायात नियमको कडाइका साथ कार्यान्वयन गर्न आवश्यक रहेको जनाएको हाे ।