प्रधानमन्त्री शेरबहादुर देउवा सबै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो दायित्व पूरा गरेपछिमात्र नयाँ जनादेश प्राप्त राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्ने अडानमा छन् । राजीनामा गर्ने हो कि बहुमत जुटाएर नयाँ सरकार बनेपछि पद छाड्ने भन्नेमा आफूनिकटका सहयोगीसँग उनले परामर्श थालेका हुन् । सरकारको मुख्य दायित्व सबै तहको निर्वाचन सम्पन्न गर्नु भएकाले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनको नतिजा…