
बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले वतर्मान सरकारले गरेका निर्णय वाम गठबन्धनको नयाँ सरकार बनेपछि पुनःविचार गर्नुपर्ने बताए ।
नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ बन्ने सरकारलाई गाह्रो हुनेगरी निर्णय गरिरहेको आरोप पनि लगाए ।
सरकारले विभिन्न निर्णय गरेर राष्ट्रको ढुकुटी रित्याउने काम गरिरहेको उनको भनाइ थियो ।
उनले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता छिट्टै हुने पनि बताए । दुवै पार्टीका नेताहरुलाई उचित स्थान दिएर पार्टी एकता हुने उनले उल्लेख गरे ।
जनताको जनादेशअनुसार जतिसक्दो चाँडो पार्टी एकता गरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा लैजानुपर्नेमा उनले जोड दिए ।
७ नम्बर प्रदेशको विकास गर्न प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै उनले त्यसका लागि केन्द्र सरकारले पनि सहयोग गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्