२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


शुक्रबार सरकार हस्तान्तरणको मिति टुंगो लाग्छ : विश्वप्रकाश


0
Shares

बिहीबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रबार साँझसम्ममा सरकार हस्तान्तरणको गते नै टुंगो लाग्ने बताए ।

संवैधानिक प्रक्रियाका कारण सरकार हस्तान्तरणमा केही ढिलाइ भएपनि राष्ट्रियसभा सदस्य निर्वाचन सकिएकाले अब सत्ता हस्तान्तरण गर्न केही कुरा बाँकी नरहेको उनको भनाइ छ ।

पछिल्लोपटक सरकारले गरेको निर्णयले मुलुकलाई दूरगामी असर नपर्ने जिकिर गर्दै उनले वर्तमान सरकारले गरेको राम्रा निर्णयलाई नयाँ सरकारले पनि निरन्तरता दिनुपर्ने बताए ।

एक फरक प्रसंगमा उनले कांग्रेसभित्र रुपान्तरणको आवश्यकता रहेको भन्दै पार्टी रुपान्तरण वडा, तह, नगर, जिल्ला हुँदै देशभर लैजाने अभियानमा कांग्रेस रहेको बताए ।