पोखरामा सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले प्रदेश नम्बर–४ लाई समृद्ध प्रदेश बनाउने बाचा गरेका छन् । वाम गठबन्धनका सांसदहरुले भने चुनावी बाचाअनुसार स्थायी सरकार दिने बताएका छन् । सभामा ठूला तीन दलका तीन/तीन तथा साना दलका एक/एकजना सांसदले सम्बोधन गरेका थिए । बैठकमा नेपालको संविधानको भावनाअनुरुप यस क्षेत्रको सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधता…