स्थायी राजधानी कपिलबस्तु बनाउन लविङ गर्ने सांसदहरुको प्रतिबद्धता • Image Khabar Image Khabar


स्थायी राजधानी कपिलबस्तु बनाउन लविङ गर्ने सांसदहरुको प्रतिबद्धता


Imagekhabar
२२ माघ २०७४, सोमबार १२:०३

स्थायी राजधानी कपिलबस्तु बनाउन लविङ गर्ने सांसदहरुको प्रतिबद्धता

 

ऐतिहासिक महत्व बोकेको कपिलबस्तुलाई स्थायी रुपमै राजधानी बनाइनुपर्ने उनीहरुले जोडदार रुपमा माग गरेका छन् ।

जिल्लाका क्रियाशिल राजनैतिक दलहरुले सदरमुकाम तौलिहवामा राखेको अन्र्तक्रिया कार्यक्रममा उपस्थित जनप्रतिनिधीहरुले उक्त माग गरेका हुन् ।

जिल्लामा क्रियाशिल राजनैतिक दल, प्रतिनिधी सभा सदस्य, प्रदेश सभा सदस्य, बिशिष्ट पदमा रहेका ब्यक्तित्व र पत्रकारको संयुक्त भेलाले गौतम बुद्ध लगायतका बुद्धको जन्म र कर्मस्थलको रुपमा रहेको कपिलबस्तु जिल्लालाई प्रदेश नं. ५ को स्थायी राजधानी बनाउन जोड दिएका हुन् ।

उनीहरुले प्रदेशसभाको बैठकमा आवाज उठाउने, प्रतिनिधी सभाको साथै दलका नेतृत्वहरुले आआफ्नो पार्टीमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

भेलाले आगामी फाल्गुण ८ गते जिल्लास्तरीय बृहत भेला गर्दै ठोस निस्कर्षमा पुग्ने राजनैतिक दलहरुको सहमती समेत गरेको छ ।

भेलामा बोल्दै प्रतिनिधी सभा सदस्य चक्रपाणी खनाल बलदेवले कपिलबस्तुलाई स्थायी राजधानी कायम गर्न आफुले केन्द्रमा पहल गरिरहेको बताए ।

आफ्नो पार्टी माओवादी केन्द्रले यो बिषयमा गम्भिरताका साथ लविङ गरिरहेको उनले बताए ।

यस्तै भारतका लागी पुर्वराजदुत तथा कांग्रेस नेता दिप कुमार उपाध्यायले पर्यटकीय क्षेत्रले भरिपुर्ण कपिलबस्तुलाई नै राजधानी बनाउनु उपयुक्त रहेको बताए ।

कांग्रेसका केन्द्रिय सदस्य अतहर कमालले प्रदेशसभाको बैठकमा यो बिषयमा गम्भिरताका साथ आवाज उठाउनुपर्ने बताए ।

भेलामा बोल्दै कपिलबस्तु युवा संघर्ष समितीका संयोजक एवं एमाले नेता रउफ अहमद खां र माओवादी केन्द्रका युवा नेता दिपक पाण्डेले कपिलबस्तुलाई प्रदेश राजधानी हुनुपर्ने आधारहरु प्रस्तुत गरेका थिए ।

उनीहरुले यो बिषयमा सम्पुर्ण राजनैतिक दलहरुको साझा सहमती हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य बिष्णु पन्थी, दृघनारायण पाण्डे, धर्म बहादुर लाल श्रीवास्तव, अर्जुन केसी, शुष्मा यादव, माला गोतामे, रुन्धावती दुवे शर्मा, रीना नेपाल बिश्वकर्मा, शान्तीदेवी बर्मा, लगायत बिभिन्न नगरपालिका तथा गाउपालिकाका प्रमुखहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी लगायतका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्