Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटीभी प्रणालीकाे प्रयोग गर्ने गृहमन्त्री गुरूङको तयारी

प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्टमा पूर्वाधार निर्माण गरिंने

0
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बीओपी) मा पूर्वाधार निर्माण प्राथमिकतामा रहेको बताउनुभएकाे छ।

राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शुक्रबार बाेल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएकाे हाे । उहाँले अधिकांश सीमावर्ती नाकामा प्रहरी जस्तापाताले छाएका टहरा, जीर्ण भवन र चुहिने छानामुनि बसेर रातभर ड्युटी गर्न बाध्य रहेको उल्लेख गर्नुभयाे। पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभएकाे छ।

गृहमन्त्री गुरुङले सीमा सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि ड्रोनमार्फत निगरानी तथा सीमा नाकामा फेस रिकोग्निसनसहितको सीसीटीभी प्रणाली जडान गरिने बताउनुभयाे । सरकारले चालु आर्थिक वर्षको बजेट विनियोजन गरेर कार्यान्वयनको चरणमा गइसकेको उहाँको भनाइ छ ।

गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुरक्षा सुनिश्चित गर्न सकिए उनीहरूले नागरिकको सुरक्षा अझ प्रभावकारी रूपमा गर्नसक्ने विश्वास व्यक्त गर्नुभयाे ।

Skip This