Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हाल्न नेकपा संयोजक दाहालकाे आग्रह

राष्ट्रिय स्वाधीनताको लडाइँ लड्न वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्नेमा जाेड

0
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हाल्न आग्रह गर्नुभएकाे छ।

काठमाडौंमा शुक्रबार ४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आग्रह गर्नुभएकाे हाे । राष्ट्रिय स्वाधीनताको लडाइँ लड्न वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने बताउनुभयाे । संयोजक दाहालले त्यसका लागि साझा न्यूनतम कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएकाे छ ।

उहाँले भन्नुभयाे,- ‘साझा न्यूनतम कार्यक्रम चाहियो । राष्ट्रिय स्वाधीनताका निम्ति आन्दोलन यसरी गर्ने । यसमा हामी कसैलाई पनि आपत्ति गर्ने कुरा हुँदैन । राष्ट्रिय स्वाधीनताको लागि लडाइँ लड्न तयार हुने । त्यसका लागि साझा न्यूनतम कार्यक्रम तयार गर्ने । नेपालका गरिब, मजदुर, किसान, उत्पीडित समुदायका अधिकार खोस्ने दुष्साहस भएको छ। त्यसविरुद्ध जनतालाई सङ्गठित र आन्दोलित गर्ने, ‘सदनमा लड्ने, सडकमा लड्ने, आगामी निर्वाचनमा लड्ने । चारैतिरबाट घेरा हाल्ने । सिकाएको त उनीहरुले छन् । तर हामी उनीहरू जसरी लड्छन् हामी त्यसरी लड्दैनौँ । माओले भन्ने गर्नुहुन्थ्यो–यु फाइट योर वे, वी फाइट आवर वे । हाम्रै तरिकाले लड्ने हो । तर एकै दिन उल्टाउन सकिँदो रहेछ भन्ने कुरा उनीहरुले सिकाएका छन् ।’

संयोजक दाहालले जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिनुभयाे । तर त्यो पूरा नभएको भन्दै वामपन्थी लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभएकाे छ । उहाँले भारतमा निर्वाचित रहेका तिब्बतीयन नेता दलाई लामाको जन्मोत्सव मनाएको विषय सामान्य नभएको ससेत जिकिर गर्नुभयाे।

Skip This