Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


निहारिका र बिनु हाजिरी जमानीमा रिहा


0
Shares

काठमाडौं । निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको जनाएकाे हाे । उनीहरू गत बुधबार सिंहदरबार गेट अगाडिबाट पक्राउ परेका थिए । झरीमा रुझ्दै उनीहरू गृहमन्त्री सुधन गुरुङलाई भेट्न भन्दै सिंहदरबार पुगेका थिए । तर प्रहरीले रोकेको थियो

उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । तीन दिनदेखि प्रहरी हिरासतमा रहेका उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको हाे ।