
बैठकमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले राखेको त्यससम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।
ती सदस्यहरूमा गायत्री गुरुङ, टेकबहादुर घर्तीमगर, धनमाया पोखरेल लामा, मनकुमारी गुरुङ र मित्रकुमारी सुवेदी गुरुङ रहेका छन् ।
प्रदेशसभा सन्चालन आन्तरिक कार्यविधिअनुसार सभामुखको निर्वाचनका लागि आगामी फागुन ३ गते बिहीबार दिउँसो १ः०० बजेको समय तोकिएको ज्येष्ठ सदस्य श्रेष्ठले बैठकलाई जानकारी दिए ।
उक्त निर्वाचनका लागि प्रदेशसभाका सचिव जीवराज बुढाथोकीलाई सोमबारै उक्त कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न उनले निर्देशन दिए ।
एक घन्टा ४३ मिनेट चलेको उक्त बैठकमा पृथ्वी सुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली, हरिबहादुर चुमान, कृष्ण थापा, हरिशरण आचार्य, किरण गुरुङ, दोबाटे विश्वकर्मा, नेत्रनाथ अधिकारी, सिर्जना शर्मा, ललितकला गुरुङ र गायत्री गुरुङले दलगतरुपमा बैठकलाई सम्बोधन गरेका थिए ।
प्रदेश–४ प्रदेशसभाको अर्को बैठक फागुन ३ गते बिहीबार दिउँसो १ः०० बजे बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्