
पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा जारी बैठकमा प्रदेश सांसदहरुले बोल्ने क्रम जारी छ ।
प्रदेश सभाका ज्येष्ठ सदस्य ६७ वर्षिय जनकलाल श्रेष्ठले पहिलो बैठकको अध्यक्षता गरेका छन् । प्रदेश नम्बर ४ मा ११ जिल्लाका ६० जना प्रदेशसभा सदस्य छन् ।
पहिलो दिनको बैठकमा तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तीन/तीन जना र अन्य दुई दल नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाका एक÷एक जना सांसद गरी ११ जनाले बोल्ने ब्यवस्था मिलाइएको छ ।
प्रदेश नम्बर ४ को सभामुख निर्वाचन फागुन ३ र उपसभामुखको निर्वाचन फागुन ६ गते गर्न सहमति यसअघि नै भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्