
नेपाली कांग्रेस मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित १ नम्बर प्रदेशबाट विजयी जनप्रतिनिधिको स्वागत–सम्मान कार्यक्रममा उनले संगठन बलियो भएमा कुनैपनि निर्वाचनमा पराजित नहुने धारणा व्यक्त गरे ।
उनले जनताको स्वतन्त्रता अधिकार प्राप्तिका लागि राणाशासनदेखि नै कांग्रेसले आन्दोलन गरिआएको स्मरण गराउँदै नेपाली जनताको यस पार्टीलाई कसैलेपनि समाप्त गर्न नसक्ने बताए ।
नेता गच्छदारले एउटा निर्वाचनमा पराजित हुँदैमा कांग्रेस सकिन्छ भन्ने सोच कसैले राख्न नहुने बताउँदै पार्टीलाई एकढिक्का बनाएर लैजाने महत्वपूर्ण भूमिकामा आफू क्रियाशील हुने जानकारी दिए ।
उनले ‘समानुपातिक निर्वाचनतर्फको मतपरिणामले नेपाली कांग्रेसप्रति जनताको विश्वास रहेको छ’ भन्दै पार्टीभित्रको गुट–उपगुटकै कारण कांग्रेसले पराजय भोग्नुपरेको बताए ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई जनाताले प्रतिपक्षमा बस्ने जनादेश दिएको हुनाले राष्ट्र समृद्धि बनाउने कार्यमा लाग्नुपर्ने बताए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सांसद डा. मीनेन्द्र रिजाललगायतले पार्टीलाई संगठित बनाउन एकता आवश्यक रहेकामा जोड दिए ।
कांग्रेसका मोरङ सभापति डिकबहादुर लिम्बूको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नम्बर–१ मा नेपाली कांग्रेसका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा विजय भएका प्रमुख, उपप्रमख, अध्यक्ष र उपाध्यक्ष गरी ११७ जना जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्