रिपोर्टस क्लबद्वारा शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने–‘अस्थायी राजधानी स्थायी रहँदैनन् । प्रदेशले योबारेमा आफैंले निर्णय गर्नेछ । यद्यपि, प्रदेशको राजधानी तोक्नेबारेमा सरकारले भने राम्रो ढंगले बुद्धि पुर्याएन ।’ ‘प्रदेशप्रमुख वर्तमान सरकारले नै नियुक्त गर्ने हो । नियुक्ति गरिएको विषयलाई हामीले कुनै आश्चर्य र अनौठो ढंगबाट लिएका छैनौं । अब प्रदेशको प्रक्रिया अघि बढ्छ, उहाँहरुको…