१० आश्विन २०८०, बुधबार | Wed Sep 27 2023


सरकार सर्वसत्तावादतर्फउन्मुख भयो भन्ने आरोप कांग्रेसको थेगोमात्र : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सर्वसत्तावादतर्फउन्मुख भयो भन्ने आरोप नेपाली कांग्रेसीहरुको थेगोमात्र भएको टिप्पणी गरेका छन् ।

उनले लोकतन्त्रका लागि संघर्ष गरेर आएको वर्तमान सरकारबाट अधियानयकवादजस्ता कुरा कल्पना पनि गर्न नसकिने जिकिर गरे ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोज विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विरोध गर्न पाउने अधिकार सरकारले कुन्ठित नगर्ने स्पस्ट पार्दै अरुलाई असर नपर्ने गरी विरोधको व्यवस्था मिलाइने बताए ।

उनले गृह मन्त्रालयले विरोधका लागि निश्चित स्थान तोक्नु जायज भएको उल्लेख गर्दै सरकारी कदमको बचाऊ गरे ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार गतिशील भएको भन्दै अब गरिब भएर बस्ने दिन गएको बताए । समृद्व नेपाल निर्माणका लागि सबै कामहरु अघि बढ्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने सबै कानुनहरु असोज ३ गतेभित्र निर्माण भइसक्ने पनि बताए ।

उनले भ्रस्टाचार नियन्त्रणमा कुनै कसर बाँकी नराखिने भन्दै भूकम्पपछिको पुनःनिर्माण नहुनुमा विगतको सरकार दोषी रहेको जिकिर गरे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले भने उपत्यकाका विभिन्न स्थानमा विरोध गर्न रोक लगाइएको, स्थानीय तहका आयोजनाहरुलाई केन्द्रले नै सन्चालन गर्ने तयारी गरेर सरकारले संघीयतालाई नै  धरापमा पार्न खाजेको भन्दै प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए ।

बैठकले विनियोजन विधेयक २०७५ पारित गरेको छ ।