१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


पार्टीभित्र एक–अर्कालाई आलोचना गर्ने बेला होइन : निधि


0
Shares

काठमाडौं, असार १५ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र एक–अर्कामा आलोचना गर्ने बेला नभएको बताएका छन् ।

सभापति देउवाले उपसभापति पदमा मनोनयन गरेपछि शुक्रबार पार्टी कार्यालय सानेपामा पदबहालीकाक्रममा उनले चुनावको समीक्षा गर्नुभन्दा संगठन निर्माण गर्नुपर्ने बेला आएको बताए ।

‘पार्टीभित्र झगडा गर्नुभन्दा पनि संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुुपर्ने बेला आएको छ’–उपसभापति निधिले भने ।

हेटौंडामा सम्पन्न जिल्ला सभापतिको भेलाले पार्टीभित्रको कमी–कमजोरीबारे सुझाव दिइसकेको बताउँदै उनले अहिले नेतृत्वको नभइ नीतिको बहस आवश्यक भएको स्पस्ट पारे ।

‘कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको छ । नेतृत्व होइन, नीतिको बहस गरौं’–उपसभापति निधिले भने ।

राष्ट्र, राष्ट्रियता, समाजवाद, लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली र शान्तिपूर्ण राजनीति कांग्रेसको एजेन्डा भएकाले यसलाई वडा तहसम्म लैजानुपर्नेमा उनले जोड दिए । रासस