Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्रले शाहले गरेका होइनन्ः अध्यक्ष ओली


0
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको दावी गर्नुभएको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दावी गर्नुभएको हो । आफ्ना आमा-बुबासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनि विश्वव्यापी रुपमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको उहाँको भनाइ छ ।

उहाँले दरबार हत्यकाण्डलाई दीपेन्द्रको प्रेमसँग जोडेर रेडिमेड कथा विश्वव्यापी रुपमा फैल्याइएको बताउनुभयो । उहाँले दरबार हत्यकाण्ड कसले गर्‍यो भन्ने कुरा अझै खुल्न नसकेको बताउनुभएकाे छ। अध्यक्ष ओलीले दरबार हत्याकाण्ड दीपेन्द्रले प्रेम असफल भएर गरिएको कथा त्यस षड्यन्त्रमा संलग्नले बनाएको टिप्पणी गर्नुभयाे ।