
काठमाडौं, असार १५ । प्रतिनिधिको शुक्रबारको दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत् गरेको सो विधेयक पारित भएको हो ।
यस्तै, बैठकले मन्त्री तामाङले प्रस्तुत् गरेको ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५’ लाई पनि बहुमतले पारित गरेको छ ।
सो विधेकयमाथि सांसद प्रेम सुवाल, हृदयेश त्रिपाठी, सञ्जय गौतमले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११.०० बजे बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्