१२ आश्विन २०८०, शुक्रबार | Sat Sep 30 2023


राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक स्वीकृत


0
Shares

काठमाडौं, असार १४ । प्रतिनिधिसभाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारकोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानुन, न्याय तथा संसदीयमन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए ।

यसअअघिको छलफलमा भाग लिँदै सांसद पे्रम सुवालले प्रजातन्त्रमा संसद चलेका बेला निर्वाचनसम्बन्धी विधेयकलाई अध्यादेशका नल्याउन प्रतिबद्धता जनाउनुपर्ने बताए ।

उनले राष्ट्रियसभाको निर्वाचन पनि प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुने प्रावधान राख्नुपर्ने सुझाव दिए ।

प्रतिनिधिसभाको अर्काे बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ । रासस