अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा निर्वाचनमा १४ लाख ७३ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको खर्च विवरणमा उनले १४ लाख ७३ हजार चार सय सात रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् । रावलका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँरले…