१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


विरोधका लागिमात्रै अधिनायकवादको हल्ला चलाइयो : सन्चारमन्त्री


0
Shares

विराटनगर, असार १६ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अधिनायकविरुद्ध लडेर आएको दलबाट बनेको सरकार अधिनायकवादी हुन नसक्ने बताएका छन् ।

शनिबार विराटनगरमा सन्चारकर्मीहरुसँग मन्त्री बाँस्कोटाले कम्युस्टिको स्थीर सरकार बनेको देखेर विरोधका लागिमात्रै अधिनायकवादको हल्ला चलाइएको दाबी गरे ।

सरकारले चुनावी घोषणापत्रअनुसार नै जिम्मेवारी पूरा गर्ने बताउँदै उनले अहिले सरकारको आलोचना गर्ने समय नभएको उल्लेख गरे ।

सरकार पाँच वर्षका लागि बनेकाले अहिले नै सबैकाम भएनन् भन्नुको कुनै अर्थ नरहेको मन्त्री बाँस्कोटाको भनाइ थियो ।