
भक्तपुर, असार १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
शुक्रबार भक्तपुरको बागेश्वरीमा आयोजित रोपाइँ कार्यक्रममा उनले पार्टीका नेता तथा कार्यकर्ता एक भएर अघि बढे पार्टीलाई फेरि पहिलो दलकारुपमा स्थापित गराउनसकिने बताए ।
धान रोपाइँमासमेत सहभागी बनेका देउवाले धान दिवसले कृषि परम्परा र संस्कृतिको पहिचान स्थापित गरेको धारणा राखे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डिला संगौला, कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र नगर सभापति यादव अधिकारीले मुलुकमा कम्युनिस्टहरुले तानाशाही ढंगबाट सरकार सन्चालन गरेको आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्