तर, माथिल्लो सदनकोरुपमा रहने राष्ट्रियसभाका लागि बुधबार दलहरुले दर्ता गराएको उम्मेदवारी हेर्दा त्यसको प्रतिविम्ब देखिन्न । एकल संक्रमणीय र बहुमतीय गरी प्रत्येक प्रदेशबाट ८ जनाका दरले सातओटा प्रदेशबाट ५६ र मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त तीनजना गरी ५९ सदस्यीय राष्ट्रिसभाको व्यवस्था संविधानले गरेको छ । सोहीबमोजिम बुधबार सातै प्रदेशमा राष्ट्रियसभाका लागि मनोनयन दर्ता भएको छ ।…