१९ चैत्र २०७९, आइतबार | Sun Apr 2 2023


जनताको अधिकारविपरीत निषेधाज्ञा जारी : बाबुराम


0
Shares

काठमाडौं, असार २० । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले विरोध गर्न पाउने जनताको अधिकारविपरीत सरकारले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको भन्दै त्यसको विरोध गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा समय माग गरेर बोल्दै उनले कम्युनिस्ट नेतृत्वको बहुमतको सरकारले लोकतान्त्रिक समाजवादउन्मुख विरोधी गतिविधि देखाउनु चिन्ताको विषय भएको धारणा व्यक्त गरे ।

डा. भट्टराईले भने–‘लोकतन्त्रका सामान्य मूल्य–मान्यताविपरीत अधिकारका लागि धर्ना, विरोध गर्न नपाउने गरी विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ, यो लोकतन्त्रलाई संकुचित गर्ने काम हो ।’

शिक्षा र स्वास्थ्य कहिलै पनि मुनाफाको विषय हुन नसक्ने उल्लेख गर्दै उनले राज्यले सबै जनतालाई सर्वसुलभ शिक्षा र स्वास्थ्यको प्रत्याभूत दिलाउपर्नेमा जोड दिए ।

संयोजक भट्टराईले वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै उद्धार तथा राहत र क्षति न्यूनीकरणमा सरकारले सक्रियता देखाउनुपर्ने खाँचो औंल्याए । रासस