
नरेन्द्र थापा (इमेज)
नेपालगन्ज, असार २० । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार सपरिवार बाँकेको नेपालगन्ज आइपुगेका छन् ।
यही असार २३ गतेको आफ्नो जन्मोत्सव र अरु केही कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह सपरिवार नेपालगन्ज आएका हुन् ।
उनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले विमानस्थलमा स्वागत गरेका थिए ।
पूर्वराजा शाहको नेपालगन्जको बसाइँकाक्रममा राजनीतिकलगायतका अरु भेटघाट हुने पारिवारिक स्रोतले जनाएको छ ।
पूर्वराजा शाह नेपालगन्ज आइपुगेसँगै त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्