११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


नेविसंघले यसरी तोड्यो निषेधित क्षेत्र (भिडियो)


0
Shares

काठमाडौं, असार २० । नेपाल विद्यार्थी संघले सरकारले विरोध प्रदर्शनका लागि निषेध गरेको माइतीघरमन्डला क्षेत्रमा प्रदर्शन गरेर निषेधित क्षेत्र तोडेको छ ।

निषेधित क्षेत्र खारेज गर्नुपर्ने माग गर्दै बुधबार नेविसंघले निषेधित क्षेत्रमै प्रदर्शन र कोणसभा गरेको हो ।

नेविसंघसम्बद्धहरुले नाराबाजी गर्दै माइतीघरमन्डलाको परिक्रमासमेत गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै कांगे्रसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘राजा ज्ञानेन्द्रमाजस्तै उन्माद चढेको’ बताए ।

निषेधित क्षेत्र खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि उनले बताए ।

प्रदर्शनकाक्रममा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएपनि प्रहरीले धरपकड भने गरेन ।

भिडियो हेर्नुहोस्