
काठमाडौं, असार २० । प्रतिनिधिसभाको बुधबारको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ ।
समितिका सदस्यहरुमा संघीय समाजवादी फोरम नेपालका उमाशंकर अरगरिया र नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी रहेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट दिलेन्द्रप्रसाद बडू, पार्वता डिसी चौधरी, पुष्पा भुसाल गौतम र बालकृष्ण खाँण रहेका छन् भने राजपा नेपालबाट राजकिशोर यादव छन् ।
बुधबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘लेखापरीक्षण विधेयक, २०७५’ प्रस्तुत् गरे ।
प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते दिनको १ बजे बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्