Logo ८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026


पाँच वर्ष टिक्ने स्थायी सरकार बन्छ, ढुक्क हुनोस् : दाहाल

रुपेन्देहीको देवदहमा सुरु भएको चौथो राष्ट्रिय औद्योगिक मेलाको बिहीबार उद्घाटन गर्दै उनले पाँच वर्ष टिक्ने स्थायी सरकार बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गरे । जनताले वाम गठबन्धनलाई दिएको ऐतिहासिक अवसरलाई गुम्न नदिने भन्दै उनले अब बन्ने सरकारको ध्यान स्थायित्व, सुशासन र आर्थिक विकासमा केन्द्रित हुने जिकिर गरे ।