२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


संसदीय सुनुवाइ समिति गठन हुँदै


0
Shares

काठमाडौं, असार २२ । प्रतिनिधिसभाले आज संसदीय सुनुवाइ समिति गठन गर्ने भएको छ ।

सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न मुलुकका लागि राजदूत नियुक्ति लगायतका महत्वपूर्ण काम सुनुवाइ समिति गठन नहुँदा रोकिएका छन् ।

सभामुख कृष्णबहादुर महराले आज बस्ने प्रतिनिधिसभाले संसदीय सुनुवाइ समिति गठन गर्ने जानकारी दिए । १५ सदस्यीय समितिमा रहने सांसदको नाम टुंगो लागेपछि समिति गठन गर्न लागिएको हो ।

समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ जना सदस्य रहनेछन् ।

बजेटको प्रक्रिया पूरा भएपछि विजनेशविहीन बनेको प्रतिनिधिसभाले मौलिक हकसँग सम्बन्धित विधेयकसहित केही विधेयक बजेट अधिवेशनकै क्रममा अघि बढाउने तयारी गरेको छ ।

सत्ता पक्ष र प्रतिपक्षबीच संसदीय समितिको भागवण्डाका विषयमा सहमति नहुँदा अन्य समिति गठन प्रक्रिया भने अझै अन्योलमै छ ।