१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


कांग्रेसको अवरोधप्रति प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित


0
Shares

काठमाडौं, असार २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमाथि तत्काल छलफल हुनुपर्ने अडान लिएकाले प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगन गरिएको छ ।

कांग्रेसले शुक्रबार आमरण अनशनरत् डा. गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।

बैठकको सुरुमै कांग्रेसका सांसदहरुले उक्त प्रस्ताव कार्यसूचीमा नभएको भन्दै आशनबाट उठेर विरोध जनाएका थिए ।

सभामुख कृष्णबहादुर महराले बोल्नका लागि सांसद बालकृष्ण खाँणलाई समय दिएकामा उनले उक्त प्रस्तावका सम्बन्धमा सरकारको जवाफ माग गर्दै प्रस्तावलाई महत्व दिइ तत्काल छलफल गर्नुपर्ने बताएका थिए ।

सभामुख महराले सार्वजनिक महत्वको प्रस्ताव सदनको जानकारीमा आएको बताउँदै प्रस्तावका सम्बन्धमा सरकारको जवाफ आउने र प्रस्ताव प्रक्रियाअनुसार अघि बढ्ने बताएका थिए ।

सभामुखको पटक–पटकको आग्रहपछि पनि कांग्रेस सांसदहरु उभिइरहेपछि सदन आधा घन्टाका लागि स्थगन गरिएको हो । रासस