
काठमाडौं, असार २२ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रा.डा. गोविन्द केसीको जीवन रक्षा र माग सम्बोधनको मागसहित संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने भएको छ ।
प्रतिनिधिसभाको आज अपराह्न बस्ने बैठकमा सार्वजनिक महत्वको प्रस्ताव लैजान लागेकोे कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
सरकारले तयार पारेको चिकित्सा शिक्षा विधेयकको कांग्रेसले विरोध गर्दै आएको छ । उसले प्राविधिक त्रुटी सच्याउने बाहेक अध्यादेशको हुबहु ल्याउनुपर्ने माग गर्दै आएको छ । डा. केसी ६ दिनदेखि जुम्लामा अनसनरत छन् ।
प्रतिक्रिया दिनुहोस्