
काठमाडौं, असार २२ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्ने तीनजनाको नाम घोषणा गरेका छन् ।
शुक्रबारको बैठकको प्रारम्भमा उनले राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाइँ र जीतेन्द्रनारायण देवले प्रतिनिधित्व गर्ने जानकारी गराएकामा बैठकले उनीहरुको नाम स्वीकृत गरेको थियो ।
१५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीनजना मनोनयन गर्ने प्रावधान छ ।
उक्त समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहनेछन् । रासस
प्रतिक्रिया दिनुहोस्