काठमाडौंमा आइतबार सम्पन्न सातौं बैठकपछि आयोजित पत्रकार सम्मेलनमा दुवै तर्फका संयोजकहरुले छलफलमा सकारात्मक प्रगति भएको भन्दै प्रतिवेदन पनि दुबै देशको हितमा हुने दावी गरे । नेपाल पक्षका संयोजक डा. भेषबहादुर थापा र भारततर्फका संयोजक भगतसिंह कोसियारीले यस्तो दावी गरेका हुन् । आठौं तथा अन्तिम बैठक मार्चको अन्तिममा भारतमा हुने र त्यसपछि दुबै देशका सरकारलाई प्रतिवेदन…