काठमाडौं, भदौ ४ । प्रतिनिधिसभाले विभिन्न पाँचओटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, राहदानी विधेयक दफावार छलफलका लागि सोमबार समितिमा पठाइएको हो ।
यस्तै, निवृत्तिभरण कोषसम्बन्धी विधेयक र उपभोक्ता संरक्षण विधेयकलाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको हो ।
बैठकमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनस्वास्थ्य विधेयक र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवासको अधिकारसम्बन्धी विधेयक पेस गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्