काठमाडौं । संवैधानिक परिषद्ले ८ वटा संवैधानिक निकायका पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ ।
परिषद्ले सबै रिक्त पदपूर्तिका लागि आज सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न लागिएका निकायमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोग छन् ।
त्यसैगरी आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गरिने भएको छ ।
सबै निकायमा अध्यक्ष र चार÷चर जना सदस्य पद रिक्त छन् ।
संवैधानिक परिषद्ले योग्यता पुगेका उम्मेदवारलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको छ ।









प्रतिक्रिया दिनुहोस्