Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


रेडियो नेपालको जग्गा फिर्ता गराउन जोड


0
Shares

काठमाडौं, भदौ ५ । राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गर्न जोड दिइएको छ ।

सांसद उदया शर्मा पौडेलले ललितपुर जिल्लामा रेडियो नेपालको नाममा रहेको सो जग्गा एक निजी बसोवास निर्माण कम्पनीलाई ३० वर्षका लागि भाडामा उपलब्ध गराइएकाले रेडियो नेपाललाई नै फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सांसद अनिता देवकोटाले दाङ जिल्लामा सन्चालित सिमेन्ट उद्योगले मापदन्डविपरीत उत्पादन गर्दै आएको बताइन् ।

उनले वर्षाका कारण दाङलगायत विभिन्न स्थानमा रहेका पुल जीर्ण हुँदै गएकाले तत्काल निर्माण गर्न पनि आग्रह गरिन् ।

सांसद कविता बोगटीले मुस्लिम धर्मावलम्बीको चाड बकर इदको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरिन् ।

सांसद ठगेन्द्रप्रसाद पुरीले सरकारले यातायात व्यवसायीको एकाधिकार तोडेर काम राम्रो गरे पनि जनताले त्यसको प्रत्याभूति गर्न नसकेको भन्दै त्यससम्बन्धी भइरहेका कारबाहीबारे जानकारी गरउन माग गरे । रासस