काठमाडौं, भदौ ५ । राष्ट्रियसभाले दफावार छलफलका लागि तीनओटा विधेयक सम्बन्धित समितिमा पठाएको छ ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, वातावरण संरक्षण पहिलो संशोधन विधेयक र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको हो ।
शून्य समय
राष्ट्रियसभामा पनि मंगलबारदेखि शून्य समयको अभ्यास सुरु भएको छ ।
सार्वजनिक महत्वको विषयमा एक मिनेटभित्र सांसदले प्रश्न उठाउने प्रतिनिधिसभाको अभ्यास राष्ट्रियसभामा पनि सुरु गरिएको हो ।
मंगलबारको शून्य समयमा चारजना सांसदले आफ्नो धारणा राखेका थिए ।
शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले दाङमा सन्चालित सिमेन्ट उद्योगहरुले मापदन्ड पालना नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
अर्की सांसद उदया शर्मा पौडेलले कर वृद्धिकाबारेमा एकरुपता कायम राख्न माग गरिन् ।
राष्ट्रियसभाको अर्को बैठक यही भदौ १२ गते बिहान ११ बजे बस्नेछ ।









प्रतिक्रिया दिनुहोस्