Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


राष्ट्रियसभाद्वारा अपराधपीडित संरक्षण विधेयक स्वीकृत


0
Shares

काठमाडौं, भदौ ४ । राष्ट्रियसभाले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ लाई सर्वसम्मतले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेस गरेको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७५’ टेबल गरेका थिए ।

बैठकमा सांसदहरूले बाढी–पहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।