काठमाडौं, भदौ ५ । दिन प्रतिदिन बढिरहेको महँगी र मनपरी ढंगले बढाइएको करको विरोध गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा मंगलबार राजधानीमा प्रदर्शन गरेको छ ।
रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भएको विरोधर्याली इन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
संसदीय व्यवस्थाबाट जनता र देशको समस्या हल हुन नसक्ने भन्दै र्यालीका सहभागीहरुले महँगी नियन्त्रण गर्नुपर्ने, कर वृद्धि खारेज गर्नुपर्ने, महिला हिंसा गर्नेहरुलाई सख्त कारबाही गर्नुपर्नेलगायत माग गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै मोर्चाका प्रदेश नम्बर–३ संयोजक पवनमान श्रेष्ठले नयाँजनवादी क्रान्ति नगरेसम्म जनतका समस्या समाधान नहुने बताए ।









प्रतिक्रिया दिनुहोस्