Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


संविधान संशोधन गरी चुनावको तयारी : कानुनमन्त्री

भक्तपुर, पुस ६ । कानुनमन्त्री अजय शंकर नायकले संविधान संशोधन गरी चुनावको तयारी थाल्नु नै सबैको हितमा हुने बताएका छन् । बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको कार्यक्रममा उनले संविधान संशोधन गरी सबै दल एकताबद्ध भएर चुनावमा लाग्नुपर्ने बताए । सरकार मुलुकलाई निकास दिने गरी अघि बढेको उनको दाबी थियो ।