संशोधन प्रस्ताव फिर्ता नलिए मुलुक भिडन्तमा जाने खतरा : रावल « Image Khabar


संशोधन प्रस्ताव फिर्ता नलिए मुलुक भिडन्तमा जाने खतरा : रावल


Imagekhabar
५ पुष २०७३, मंगलवार २०:०३

                                                                                                     फाइल फोटो
संविधान संशोधनको प्रस्तावमा असहमति जनाउँदै आएका विभिन्न दलनिकट युवा तथा विद्यार्थीको संयुक्त मोर्चाले मंगलबार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले राष्ट्र र जनताको हितमा नरहेको प्रस्ताव समयमै सरकारले फिर्ता नलिए मुलुक भिडन्तमा जाने खतरा औंल्याए ।

नेकपा मालेका महासचिव सीपी मैनालीले विश्वमा अभ्यास भइरहेका विभिन्न संविधानको अध्ययन तथा मुलुकको आवश्यकताको अध्ययनपछि ल्याइएको अहिलेको संविधान उत्कृष्ट रहेको बताउँदै यो मधेसमैत्री रहेकाले संविधान संशोधनको खाँचो नरहेको बताए ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले मुलुकको आवश्यकता पूरा गर्न नभइ विदेशीको इसारामा ल्याइएको सो प्रस्तावले मुलुकको विखन्डन गर्ने तथा जनताको एकतामा अवरोध पुर्‍याउने हुँदा त्यसतर्फ चनाखो भइ प्रस्तावलाई अगाडि बढाउन दिन नहुने विचार व्यक्त गरे ।

नेपाः पार्टीका नेता एवं सांसद लक्ष्मण राजवंशीले मुलुकमा अंगीकृत नागरिकलाई जथाभावी अधिकार दिँदा नेपाली मूलका नागरिक अल्पमतमा पर्ने खतरा औंल्याउँदै अंगीकृतलाई देशको नेतृत्व दिनका लागि ल्याइएको प्रस्तावले देश र जनताको हित नगर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति प्रतिपक्ष दल तथा मधेसी मोर्चा असहमत रहेकाले त्यसलाई अविलम्ब फिर्ता गरी दलको सहमतिबाट नयाँ विकल्प खोज्नुपर्नेमा जोड दिए ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामा, युवा संघका अध्यक्ष राजीव पहारीलगायतले सरकारले प्रस्ताव फिर्ता नलिएमा सशक्त आन्दोलन जारी राख्ने जानकारी गराए ।

नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, नेमकिपानिकट युवा तथा विद्यार्थी संगठनलगायतले संविधान संशोधन प्रस्तावको प्रक्रियामा असहमत भइ विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्