
निजी निवास बुढानीलकण्ठमा विभिन्न कलाकार तथा चलचित्रकर्मीहरुलाई पार्टीमा प्रवेश गराउँदै सभापति देउवाले केही दिनमै मुलुकले निकास पाउने दाबी गरेका हुन् ।
उनले संविधान कार्यान्वयन र निर्वाचन गराउन अबरुद्ध संसद् खुलाउने प्रयास भइरहेको बताए । मुलुकलाई निकासा दिने विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमाले बाधक नबन्ने उनले विश्वास व्यक्त गरे ।
सभापति देउवाले कलाकार तथा चलचित्रकर्मीहरु रमेश बुढाथोकी, रामकेशर बोगटी, पुष्कर लामा, नम्रता योगी, बिपना बस्नेतलगायतलाई टीका र माला लगाएर पार्टी प्रवेश गराए ।
उनले मुुलुक निर्माणमा चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मीलगायतको भूमिका महत्वपूर्ण हुने भएकाले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्