संसद भवन नयाँ बानेश्वरमा ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट प्रतिनिधि सभाका सांसदहरुले सपथ लिएका हुन् । प्रतिनिधिसभामा २ सय ७५ जना सांसद छन् । राष्ट्रियसभाका सांसदहरुलाई पनि आजै सपथ गराइएको छ । ज्येष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रिय सभाका सांसदहरुलाई सपथ गराइन् । राष्ट्रिय सभामा ५९ जना सांसद रहेकोमा सरकारको सिफारिसमा मनोनित भएका युवराज खतिवडा, रामनारायण बिडारी…